नेपाल विद्युत प्राधिकरणको वितरणको स्वामित्व लिने काम अन्तिम चरणमा « Khabarhub

नेपाल विद्युत प्राधिकरणको वितरणको स्वामित्व लिने काम अन्तिम चरणमा


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाल विद्युत प्राधिकरणले लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज गरेसँगै विद्युत वितरणको स्वामित्व लिने काम अन्तिम चरणमा पुगेको छ ।

गत पुसमा मन्त्रीस्तरीय बैठकले लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज गर्ने निर्णय गरेसँगै प्राधिकरणले स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो । विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार हाल उपभोक्ता संस्थाको चलअचल सम्पत्ति विवरण, कर्मचारी विवरण, ग्राहक विवरण, लेखा प्रतिवेदन लगायतका विवरण माग गरिएको छ ।

हालसम्म उपभोक्ता संस्थाको तर्फबाट भौतिक संरचनाबाहेक सबै प्रतिवेदन तथा विवरण आइसकेको वितरण केन्द्र प्रमुख गुरुङले बताइन् । विगत २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएसँगै स्वामित्व लिनका लागि प्राधिकरणले कार्यदल गठन गरेको थियो । नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रमुखको संयोजकत्वमा गठित कार्यदलले स्वामित्व ग्रहणका लागि प्रक्रिया अघि बढाएको हो । उपभोक्ता संस्थाबाट प्राप्त विवरणलाई आवश्यक अध्ययन गरी विद्युत प्राधिकरणमा प्रतिवेदन बुझाउने र त्यस लगत्तै आवश्यक प्रक्रिया पूरा गरी स्वामित्व लिने वितरण केन्द्र प्रमुख गुरुङले बताइन् ।

विवरण आउने र प्रतिवेदन तयार गर्ने क्रम अन्तिम चरणमा पुगेकाले अब केही महिनाभित्रै विद्युत वितरणको काम प्राधिकरण मातहतमा हुने कार्यालय प्रमुख गुरुङको भनाई छ । मन्त्रालयको निर्देशनबमोजिम गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो । हाल स्वामित्व हस्तान्तरण नहुँदासम्म मिटर रिडिङ गर्ने, महसुल उठाउने लगायतका काम विद्युत उपभोक्ता संस्थाबाट हुँदै आएको छ ।

२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको ३१ हजार तीन सय ८७ ग्राहक रहेका छन् । उपभोक्ता संस्थाले प्राधिकरणमा बुझाएको विवरणअनुसार संस्थामा हाल ६० जना कर्मचारी कार्यरत छन् । उपभोक्ता संस्था सँगको सम्झौता खारेज भएसँगै अब जिल्लामा विद्युतविद्युत वितरण र महसुल उठाउने काम विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्रले गर्ने भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ०८ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर