वर्षौंदेखि अलपत्र मोटरेबल पुलको निर्माण छिटो सम्पन्न गर्न निर्देशन | Khabarhub Khabarhub

वर्षौंदेखि अलपत्र मोटरेबल पुलको निर्माण छिटो सम्पन्न गर्न निर्देशन


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मर्स्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौदेखि निर्माण अलपत्र अवस्थामा छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।

करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो । काठमाडौँस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजार लागतमा निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीय पेम्बा गुरुङले बताए ।

पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो। ०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । त्यसपछि मनाङमा नै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो । त्यसैगरी मनाङको माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ ।

आर्थिक वर्ष ०७४-०७५ मा सम्झौता भई निर्माण सुरु भएको मोटरेबल पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो ।

कम्पनीले नौ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई तत्काल काम सुचारु गर्न निर्देशन दिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।  स्थलगत अवलोकनको लागि उक्त क्षेत्र पुगेका प्रजिअसहितको टोलीलाई स्थानीयले लामो समयदेखि पुल अलपत्र भएको गुनासो गरेपछि तत्काल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको प्रजिअ आचार्यको भनाई छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ३९ बजे

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

पर्वत– जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका

बढ्दै कोरोना, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं– मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका

सरकार दिगो विकास तथा विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढेको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका

म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन 

एजेन्सी– म्यान्माकी पदच्युत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो

आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प

काठमाडौं– आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन देशभरका स्थानीय तह