कहाँसम्म पुग्लान् युक्रेन युद्धका बाछिटाहरू ? « Khabarhub

कहाँसम्म पुग्लान् युक्रेन युद्धका बाछिटाहरू ?


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले आइतबार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिइरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नो फ्लाई जोन को लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्‍यो ।

जेलेन्स्कीले आइतबारलाई ‘कालो दिन’ भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई धम्की नदिने बताए। यसै बीच एक अमेरिकी पत्रकार पनि आइतबार मारिएका थिए भने अर्का एक जना घाइते भएका थिए । पत्रकार सवार गाडीमाथि किभ बाहिर रुसी सेनाले गोली प्रहार गरेको थियो।  यसैबीच, थुप्रै क्षेत्रहरूमा जारी लडाइँले युक्रेनमा थप पीडा ल्याएको छ र अन्तर्राष्ट्रिय  समुदायलाई  समेत आक्रोशित  बनाएको छ।

जारी द्वन्द्वले तेस्रो हप्तासम्म आइपुग्दा  २५ लाख भन्दा बढी मानिसहरूलाई युक्रेन छोड्न बाध्य पारेको छ। हजारौं  निहत्था नागरिक र सैनिक मारिएका छन् । थुप्रै अङ्गभङ्ग भएका छन् । शहर बमबारुद र आगोको मुस्लोले छोपिएको छ।

रुस र युक्रेन बीचको अर्को चरणको वार्ता सोमबारको लागि निर्धारण गरिएको छ । राष्ट्रपति जेलेन्स्कीले वार्ता जारी राख्ने बताउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकको लागि प्रतीक्षारत रहेको बताएका छन्।

युक्रेनी अधिकारीहरूले आइतबार पोल्याण्डको सीमाबाट मात्र २५ किलोमिटर टाढा रहेको याभोरिभ सैन्य दायरामा ३० भन्दा बढी क्रुज मिसाइल प्रहार गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको बताएका छन् ।

प्रशिक्षण आधार शिविरमा १८ दिनको आक्रमणमा अहिलेसम्म प्रहार गरिएको सबैभन्दा पश्चिमी दिशा तर्फको लक्ष्य जस्तो देखिन्छ । सो क्षेत्रमा प्रायः अमेरिका र अन्य सहयोगी राष्ट्रहरूले युक्रेनी सेनालाई तालिम दिदै आएका छन् । जसलाई अन्तर्राष्ट्रिय शान्ति स्थापना र सुरक्षा केन्द्रका रूपमा समेत बुझाउने गरिन्छ ।

त्यस शिविरमा अन्तर्राष्ट्रिय नेटो अभ्यास पनि आयोजना गरिएको छ।  जुन विषयको चिन्ता रूसले बारम्बार उठाइरहने गरेको हो । रुसले ३० सदस्यीय नेटो गठबन्धन रूसको सिमानाको नजिक गइरहेको  र सुरक्षा खतरा बढिरहेको आँकलन गरिरहेको छ । रुसले युक्रेनलाई नेटोमा सामेल हुने आफ्नो महत्वाकाङ्क्षा त्याग्न आग्रह गर्दै आएको छ ।

आक्रमणपछि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले सीबीएस न्यूजको ‘फेस द नेसन’ मा यदि रूसले नेटो देशहरूमा आक्रमण गरे नेटोले जवाफ दिने बताएका छन् ।

जेलेन्स्कीले पश्चिमी नेताहरूलाई आधार शिविर खतरामा रहेको बताउँदै प्रश्न गरेका छन् – ‘यदि तपाईंले हाम्रो आकाश बन्द गर्नुभएन भने रूसी मिसाइलहरू (तपाईंको क्षेत्र) नेटो देशका नागरिकहरूको घरमा खस्नसक्छ । यद्यपि सैन्य विश्लेषकहरूले भने नो फ्लाइ जोन असम्भव रहेको बताएका छन् । अमेरिका र यसका सहयोगीहरूले यस्तो कदमले युद्ध बढाउन सक्छ भन्ने विश्वास गरेका छन् ।

रुसी हवाई आक्रमणले पश्चिमी युक्रेनको अर्को शहर इभानो फ्रान्किभ्स्कको विमानस्थलमा पनि आक्रमण  ध्वस्त पारेको छ।  जुन लभिभको दक्षिणमा रहेको युक्रेनको सीमाबाट २५० किलोमिटर टाढा  छ।

किभ नजिकैको ब्रोभेरीको एउटा अस्पतालमा डाक्टरहरूले तीन जना घाइतेको उपचार गर्दै थिए । ती धराप आक्रमणमा पारेका थिए । अस्पतालका प्रमुख डाक्टर भ्यालेन्टाइन बगन्युकले अस्पतालका ८० प्रतिशत विरामी गोलाबारीबाट घाइते भएका नागरिक रहेको बताएका छन् ।

भोलोदिमर एडमकोभिच अस्पतालको ओछ्यानमा  बसेका थिए । उनको पेटमा ब्यान्डेजले उनको घरमा खसेको बमले गर्दा भएको घाउ छोपेको थियो । उनले भने उनी सुरक्षित रूपमा फर्कन अघि आफ्नो कक्षमा रात बिताएका थिए ।

किभ नजिकैको इरपिन नगरमा युक्रेनी सिपाही अलेक्सी लिपिर्डी, ४६, ले भने – ‘रुसीहरूले हमी शान्त नहौऔं भनेर हामीलाई धम्की दिन चाहन्छन्, तर त्यसो हुने छैन ।’ उनी बोल्दै गर्दा टाढाका भवनहरूबाट गोला बारुदका धुवाँ निस्किरहेको थियो । वातावरण स्तब्ध प्रायः देखिन्थ्यो ।

युक्रेनबाट छिमेकी देशहरूमा आउने मानिसहरूको संख्या गत हप्तामा कम भएको देखिन्छ । शरणार्थीहरूको विनाश र मृत्युको पीडादायी विवरणहरू भने जारी  नै छन्।

पोल्याण्डको प्शेमिशिल रेल स्टेसनमा शरणार्थीहरूले आफ्नो सुरक्षाको यात्राको क्रममा खचाखच भरिएका रेलहरूमा यात्रा गरेको र ‘एक अर्कामा माथि खचाखच सुतिरहेका मानिसहरूको ‘कारूणिक दृष्य’ को वर्णन गरेका छन्। रुसी क्षेप्यास्त्रहरूले सैन्य तालिम केन्द्रमा प्रहार गरेको पश्चिमी क्षेत्रबाट जाने क्रममा केहीले विस्फोटको आवाज सुनेको बताएका छन् । यसै बीच ड्निप्रोकी २५ वर्षीया एलिजाभेटा ज्मिभस्कायाले भनिन्, ‘आकाश रातो भयो।’

फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमण शुरु भएयता १५ लाखभन्दा बढी शरणार्थी पोल्याण्ड आइपुगेका छन् । पोल्यान्डका सीमा गार्डका प्रवक्ता अन्ना मिकाल्स्काले शरणार्थीको संख्या एक हप्ता अघि १ लाख ४२ हजारको तुलनामा शनिबार भने कम भएको बताएकी छिन् । जेलेन्स्कीले मानवीय कोरिडोरले छ दिनमा १ लाख ३० हजार भन्दा बढी मानिसहरूलाई बचाएको छ दाबी गरेका छन् ।

युक्रेनमा पूर्ण युद्धविराम स्थापना गर्ने वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । क्रेमलिनका प्रवक्ताका अनुसार वार्ताको अर्को चरण सोमबार भिडियो लिङ्क मार्फत हुनेछ । जेलेनेस्कीले यी वार्ताहरू दैनिक चलिरहेको बताएका छन् । उनले  पुटिनसँग भेट्नको लागि बारम्बार फोन गरिरहेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका छन् । बेइजिङले रुसी गलत सूचनालाई बढावा दिइरहेको छ र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न मद्दत गर्न सक्छ भन्ने चिन्ताको बीचमा बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका हुन् । ह्वाइट हाउसले वार्ता क्षेत्रीय र विश्वव्यापी सुरक्षामा युद्धको प्रभावका विषयमा केन्द्रित हुने बताएको छ।

जारी युक्रेन – रुस द्वन्द्व र वार्ताको प्रयास अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। युद्धको असर विश्व राजनीतिका अतिरिक्त विश्वबजारमा समेत प्रत्यक्ष देखिएको छ। युद्ध लम्बिदै जाने सङ्केत देखिएको छ । यसका बाछिटाहरू कहाँसम्म र कहिलेसम्म देखिन्छ सहजै आँकलन गर्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ११ : ४१ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको