उपत्यकामा ट्राफिक चेकजाँच कडा, एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन « Khabarhub

उपत्यकामा ट्राफिक चेकजाँच कडा, एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ ।

 

काठमाडौँ उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए ।

सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको प्रवक्ता शर्माले बताए ।

तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ ।

गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १ : ३० बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका