उपत्यकामा ट्राफिक चेकजाँच कडा, एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन | Khabarhub Khabarhub

उपत्यकामा ट्राफिक चेकजाँच कडा, एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ ।

 

काठमाडौँ उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए ।

सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको प्रवक्ता शर्माले बताए ।

तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ ।

गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १ : ३० बजे

पुनर्निर्माण गरिएको ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

गण्डकी– गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र

किस्ट अस्पतालमा भएको तोडफोडप्रति चिकित्सक सङ्घको आपत्ति, तत्काल कानुनी कारवाही गर्न माग 

काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

म्याग्दी– मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

काठमाडौं– सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण