लमजुङमा पर्यटकले मनाए होली « Khabarhub

लमजुङमा पर्यटकले मनाए होली


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको सदरमुकाम बेसीशहरमा पर्यटकहरूले रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन् ।

फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताइन् । उनले भनिन्, ‘आफूले दुई तीन वर्षदेखि नेपालीहरूसँगै रङ दलेर होली मनाउँदै आएकी छु ।’ नेपालीले मनाउने होली पर्व पछिल्लो समय विदेशी पर्यटकले पनि मनाउन थालेको बेसीशहरका दिपक तिमिल्सिना बताउँछन् ।

उनी भन्छन्, ‘यसवर्षको होली विदेशीसँग पनि रङ दलेर एकआपसमा शुभकामना साटेर मनाउन पाइयो । अन्नपूर्ण पदमार्गमा अहिले दैनिक ३०/४० जना विदेशी पर्यटक घुम्न आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।

पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : ५२ बजे

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब

कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार