धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने « Khabarhub

धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ ।

“खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मूल नारासहित वनदेवी युवा क्लब तेघरीको आयोजनामा आगामी वैशाख ३ गतेदेखि १० गतेसम्म प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने भएको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रु पाँच लाख तथा उपविजेताले नगद रु दुई लाख ५० हजार प्राप्त गर्ने संयोजक अधिकारीले बताए  ।

प्रतियोगिताका प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई नगद रु पाँच हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई नगद रु १० हजार पाउनेछन् । भने उत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार दिइने उनले भने ।

प्रतियोगिता सञ्चालन गर्नका लागि करिब रु एक करोड खर्च लाग्ने  आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : ५१ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान