स्याङ्जामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुईको अवस्था गम्भीर « Khabarhub

स्याङ्जामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुईको अवस्था गम्भीर

घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइयो


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जिप पल्टिएको हो ।

जिपमा एक बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

जिपमा ११ जना सवार थिए । तीमध्ये थप दुई जनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत कोही नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ३६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन