पोखराको मेयरमा कांग्रेसबाट १८ जना आकांक्षी, उपमेयरमा १० जना « Khabarhub

पोखराको मेयरमा कांग्रेसबाट १८ जना आकांक्षी, उपमेयरमा १० जना


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् ।

गण्डकी प्रदेशका कानुन, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले नाम टिपाएका कांग्रेसले जनाएको छ ।

यसबाहेक बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका हुन् ।

उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : ३२ बजे

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली