भरतपुरमा रोकिएको मतगणना सुचारू गर्न सर्वदलीय बैठक जारी « Khabarhub

भरतपुरमा रोकिएको मतगणना सुचारू गर्न सर्वदलीय बैठक जारी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- विवादपछि मतगणना स्थगित भएपछि चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ ।

विवाद समाधान गरी मतगणना अघि बढाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो । मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो ।

नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका थिए ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

भरतपुरमा गठबन्धनका तर्फबाट रेनु दाहाल र नेकपा एमालेका तर्फबाट  विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

माओवादी  अध्यक्ष प्रचण्डकी छोरी रेनुले उम्मेद्‍वारी दिएकाले सबैले भरतपुर महान‍गरमा जारी मत गणनालाई चासोपूर्वक हेरेका छन् । झण्डै एक घण्टादेखि स्थगित मतगणना अझै शुरु भएको छैन ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ०९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार