भरतपुरमा रोकिएको मतगणना सुचारू गर्न सर्वदलीय बैठक जारी | Khabarhub Khabarhub

भरतपुरमा रोकिएको मतगणना सुचारू गर्न सर्वदलीय बैठक जारी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- विवादपछि मतगणना स्थगित भएपछि चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ ।

विवाद समाधान गरी मतगणना अघि बढाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो । मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो ।

नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका थिए ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

भरतपुरमा गठबन्धनका तर्फबाट रेनु दाहाल र नेकपा एमालेका तर्फबाट  विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

माओवादी  अध्यक्ष प्रचण्डकी छोरी रेनुले उम्मेद्‍वारी दिएकाले सबैले भरतपुर महान‍गरमा जारी मत गणनालाई चासोपूर्वक हेरेका छन् । झण्डै एक घण्टादेखि स्थगित मतगणना अझै शुरु भएको छैन ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ०९ बजे

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म