काठमाडौंमा बालेनले कटाए १० हजार, स्थापितको भन्दा पाँच हजार बढी मत | Khabarhub Khabarhub

काठमाडौंमा बालेनले कटाए १० हजार, स्थापितको भन्दा पाँच हजार बढी मत


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २४१ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ४५३ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ७४२ मत पाएकी छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ९ हजार ४१९ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले दुई हजार ४७५ मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : २४ बजे

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री