नवौं राष्ट्रिय खेलकुद सर्ने « Khabarhub

नवौं राष्ट्रिय खेलकुद सर्ने


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यसै महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद सर्ने भएको छ ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो ।

तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो ।

प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको छ । नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ । यस्तै ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार