मारिउपोलको एजोभस्टाल स्टिल कारखानाबाट सयौँ युक्रेनी सैनिकको उद्धार « Khabarhub

मारिउपोलको एजोभस्टाल स्टिल कारखानाबाट सयौँ युक्रेनी सैनिकको उद्धार


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनले मारिउपोल सहरको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौँ सैनिकहरूलाई बाहिर निकालेको पुष्टि गरेको छ ।

घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको र उनीहरुको उपचार भइरहेको युक्रेनी उप रक्षामन्त्री हन्ना मलियारल बताइन् ।

अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो । 

घेराबन्दी गरिएको कारखानामा लुकेका युक्रेनी सैनिककुहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ । 

घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रूसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन्  । 

आफ्ना सैनिकहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिलाई सम्बोधन गरेका थिए । 

कारखानामा फसिरहेका बाँकी केही सैनिकहरूलाई बाहिर निकाल्नका थप पहल भइरहेको उप रक्षामन्त्री मलियारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजोभस्टाल कारखानामा अरु ६ सय युक्रेनी सैनिकहरू रहेको बताइएको छ । 

आफ्ना सबै सैनिकलाई बाहिर निकालेसँगै युक्रेनले उक्त कारखाना रुसको नियन्त्रणमा जान दिने अपेक्षा गरिएको छ ।

 यससँगै एजोभस्टालबाट युक्रेनी सैनिकहरुको बहिर्गमनलाई रुसले युक्रेनमा जारी आक्रमणको सबैभन्दा लामो र कठिन युद्ध जितेको अर्थमा लिइएको रोयटर्सले जनाएको छ ।

‘मारिउपोलमा रहेको छाउनीले लड्ने अभियान पूरा गरेको छ ।’ युक्रेनी सेनाको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ०५ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन