मारिउपोलको एजोभस्टाल स्टिल कारखानाबाट सयौँ युक्रेनी सैनिकको उद्धार | Khabarhub Khabarhub

मारिउपोलको एजोभस्टाल स्टिल कारखानाबाट सयौँ युक्रेनी सैनिकको उद्धार


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनले मारिउपोल सहरको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौँ सैनिकहरूलाई बाहिर निकालेको पुष्टि गरेको छ ।

घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको र उनीहरुको उपचार भइरहेको युक्रेनी उप रक्षामन्त्री हन्ना मलियारल बताइन् ।

अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो । 

घेराबन्दी गरिएको कारखानामा लुकेका युक्रेनी सैनिककुहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ । 

घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रूसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन्  । 

आफ्ना सैनिकहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिलाई सम्बोधन गरेका थिए । 

कारखानामा फसिरहेका बाँकी केही सैनिकहरूलाई बाहिर निकाल्नका थप पहल भइरहेको उप रक्षामन्त्री मलियारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजोभस्टाल कारखानामा अरु ६ सय युक्रेनी सैनिकहरू रहेको बताइएको छ । 

आफ्ना सबै सैनिकलाई बाहिर निकालेसँगै युक्रेनले उक्त कारखाना रुसको नियन्त्रणमा जान दिने अपेक्षा गरिएको छ ।

 यससँगै एजोभस्टालबाट युक्रेनी सैनिकहरुको बहिर्गमनलाई रुसले युक्रेनमा जारी आक्रमणको सबैभन्दा लामो र कठिन युद्ध जितेको अर्थमा लिइएको रोयटर्सले जनाएको छ ।

‘मारिउपोलमा रहेको छाउनीले लड्ने अभियान पूरा गरेको छ ।’ युक्रेनी सेनाको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ०५ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा