भिमादको मेयर उपमेयरमा एमालेको जित « Khabarhub

भिमादको मेयर उपमेयरमा एमालेको जित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् । सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शारदा खनाल दोहोरिएकी छन् । उनी ४६२ मतान्तरले विजयी भएकी हुन् । खनालले सात हजार ६६७ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत ल्याउदै पराजित भए ।

भिमादमा २४ हजार ८८४ मतदाता रहेको १६ हजार १४९ मत खसेको थियो । यस्तै, वडातर्फ २, ३, ७, ८ र ९ मा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।

वडा नम्बर १ मा दिपक आले, २ मा दिनेशकुमार थापा, ३ मा पदम सेन ठकुरी, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा, ६ मा श्याम जोशी, ७ मा प्रकाश श्रेष्ठ, ८ मा अणबहादुर शाही र ९ मा रनबहादुर थापा विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : १० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक