आफ्नो देश कठिन अवस्थामा रहेको श्रीलंकाली प्रधानमन्त्रीको भनाइ « Khabarhub

आफ्नो देश कठिन अवस्थामा रहेको श्रीलंकाली प्रधानमन्त्रीको भनाइ


३ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो मुलुकका लागि अहिले कठिन समय रहेको बताएका छन् ।

उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले एक सन्देश जारी गर्दै भनेका छन्– यतिखेर देश निकै नै कठिन अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने छ ।’ श्रीलंका यतिबेला आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको छ ।

तर, राजनीतिक सङ्कटका समयमा पनि सरकार विरोधी आन्दोलन भने जारी नै रहेको छ । यसअघि श्रीलंकामा सोमबारदेखि नौ घण्टे कर्फ्यु आदेश जारी गरिएको थियो ।

सरकारले सोमबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको हो । विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यु आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक संकट बढेपछि महँगी र अभाव पनि बढेको थियो र यसकारण आम नागरिक सरकारको विरोधमा प्रदर्शनमा उत्रेका थिए ।

केही दिनअघि राष्ट्रपति गोटाबाया राजपाक्षले आफ्ना दाजु महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाँडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३४ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम