कौडेनामा कांग्रेसका रूपेश निर्वाचित « Khabarhub

कौडेनामा कांग्रेसका रूपेश निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा रूपेश कुमार र उपाध्यक्षमा नगिना देवी विजयी भएकी हुन् । गाउँपालिका अध्यक्षको लागि रुपेशले ५ हजार २ सय ८१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्दी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरे । यसैगरी अध्यक्ष पदमै लोसपाका रामप्रसाद राय यादवले २ हजार ६५, जनमत पार्टीकी सावित्री धितालले ७ सय ६८, नेकपा माओवादी केन्द्रका महादेव शाहले ७ सय १८ मत प्राप्त गरे । 

गाउँपालिकाकै मेयर उपमेयरमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरिन् । उनकी निकटम् प्रतिद्वन्दी जसपाकी पलवी देवी यादवले २ हजार ६ सय ६२ मत मात्र ल्याइन् । गाउँपालिका अध्यक्ष उपाध्यक्षकै लागि लोसपाकी बिन्दु कुमारी यादवले २ हजार १ सय ४४, नेकपा एमालेका सुनिता देवी रायले ७ सय ६ ल्याएका छन् । 

यस्तै, कौडेना गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेश पटेल विजयी भएका छन् । राजेशले ६ सय ८२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी जसपाका राम एकवाल महतोले ५ सय ५७ मत प्राप्त गरे । वडा नं.२ मा नेपाली कांग्रेसका राम दरेश ठाकुर निर्वाचित भएका छन् । रामले १ हजार १५  मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका राम ध्यान रायले ५ सय ३९ मत मात्र प्राप्त गरे । 

वडा नं. ३ मा जसपाका पचूँ चौधरी कल्वार निर्वाचित भए । पचूँले ७ सय मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका प्रभु चौधरीले ६ सय ११ मत प्राप्त गरे । वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार राम विश्वास राय विजयी भए । रामले १ हजार २ सय ५५ मत ल्याउँदा लोसपाका रौशन कुमार राय यादवले ३ सय ५२ मत पाए । त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसकी अनिशा खातुन निर्वाचित भएकी छिन् । अनिशाले ४ सय ४४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका रामबाबु राय यादवले ३ सय ८९ मत मात्र प्राप्त गरे । वडा नं.६ मा नेकपा माओवादी केन्द्रका राम उमेश राय निर्वाचित भएका छन् । राम उमेशले ४ सय ५५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका किशोरी राय यादवले ३ सय १ मत मात्र पाएका छन् ।

त्यस्तै वडा नं. ७ मा राप्रपाका उम्मेदवार विजय कुमार यादव निर्वाचित भए । विजयले ५ सय ९५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका मिश्री राय यादवले २ सय ९२ मत मात्र प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : २६ बजे

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु