डिभोर्स गर्दै इमरान र अवन्तिका  « Khabarhub

डिभोर्स गर्दै इमरान र अवन्तिका 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउडकर्मीको सम्बन्ध विच्छेदको समाचारहरू मिडियामा आइरहेका छन् । 

अभिनेता सोहेल खान र उनकी श्रीमती बीचको डिभोर्सको खबर चर्चामै रहेको समयमा अर्का अभिनेता इमरान खान र उनकी पत्नी अवन्तिका मलिकले सम्बन्धविच्छेद गर्ने निर्णय लिएको खबर सार्वजनिक भएको छ । उनीहरूले बिहे गरेको १३ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको टाइम्स अफ इन्डियाले लेखेको छ । यस्तै उनीहरू विगत दुई वर्षदेखि अलग बस्दै आएको समेत बताइएको छ । 

सन् १९८८ मा कयामत से कयामत तकमा देखिएका इमरानले बलिउडमा हिरोको रुपमा ‘जाने तु या जाने ना’ मार्फत डेब्यु गरेका थिए । सन् २०१५ मा फिल्म ‘कट्टी बट्टी’ मा देखिएका इमरानले लगातारको असफलता पश्चात फिल्म पाउन सकेनन् । इमरानले बलिउड फिल्ममा काम पाउन छाडेपछि आर्थिक समस्या झेल्नु पर्‍यो  । सोही कारण इमरान र उनकी पत्नीबीच मनमुटाव सुरु हुन थालेपछि त्यसले डिभोर्सको बाटो तय गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । 

उनीहरूले २०११ मा विवाह गरेका थिए। उनीहरूको एक छोरी इमारा खान छिन्। अवन्तिकाले २०१४ मा छोरीलाई जन्म दिएकी थिइन्।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै