बाबू भैयाको भूमिकालाई लिएर उत्साहित छैनन् परेश  « Khabarhub

बाबू भैयाको भूमिकालाई लिएर उत्साहित छैनन् परेश 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

सन् २००० मा रिलिज भएको फिल्म हेराफेरी मात्र नभई सन् २००६ मा रिलिज भएको यसको सिक्वेल फिर हेराफेरीलाई समेत दर्शकले रुचाए । प्रियादर्शन निर्देशित फिल्ममा अक्षय कुमार, सुनिल शेट्टी, परेश रावल मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मलाई दर्शकले निकै रुचाए । 

राजु, श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शक पुनः पर्दामा हेर्न आतुर छन् । यद्यपि फिल्ममा आफ्नो क्यारेक्टरलाई लिएर कुनै उत्साह नभएको परेश रावलले बताएका छन् । फिल्ममा बाबूराव गणपतराव आप्टे उर्फ बाबू भैयाको भूमिका निर्वाह गरेका परेशले आफूलाई कुनै उत्सुकता नभएको बताएका छन् । ‘म अहिले आएर त्यही धोती समातेर गर्ने कमेडी गर्न चाहँदिन’ । किनकी अहिले समय फेरिएको छ । अब त्यो धोती समात्ने र चस्मा हल्लाउने क्यारेक्टर गर्न मलाई मन छैन । यद्यपि पैसाको लागि म काम गर्छु’ उनले ई-टाइम्स्सँग भनेका छन् । 

यसका साथै उनले स्टोरी पनि दमदार हुनु पर्ने बताए । ‘यो होइन कि म पैसा पाएर काम गर्छु । यसको लागि कथा पनि उस्तै दमदार चाहिन्छु’ परेशले भने ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : २० बजे

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज