बाबू भैयाको भूमिकालाई लिएर उत्साहित छैनन् परेश  « Khabarhub

बाबू भैयाको भूमिकालाई लिएर उत्साहित छैनन् परेश 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

सन् २००० मा रिलिज भएको फिल्म हेराफेरी मात्र नभई सन् २००६ मा रिलिज भएको यसको सिक्वेल फिर हेराफेरीलाई समेत दर्शकले रुचाए । प्रियादर्शन निर्देशित फिल्ममा अक्षय कुमार, सुनिल शेट्टी, परेश रावल मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मलाई दर्शकले निकै रुचाए । 

राजु, श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शक पुनः पर्दामा हेर्न आतुर छन् । यद्यपि फिल्ममा आफ्नो क्यारेक्टरलाई लिएर कुनै उत्साह नभएको परेश रावलले बताएका छन् । फिल्ममा बाबूराव गणपतराव आप्टे उर्फ बाबू भैयाको भूमिका निर्वाह गरेका परेशले आफूलाई कुनै उत्सुकता नभएको बताएका छन् । ‘म अहिले आएर त्यही धोती समातेर गर्ने कमेडी गर्न चाहँदिन’ । किनकी अहिले समय फेरिएको छ । अब त्यो धोती समात्ने र चस्मा हल्लाउने क्यारेक्टर गर्न मलाई मन छैन । यद्यपि पैसाको लागि म काम गर्छु’ उनले ई-टाइम्स्सँग भनेका छन् । 

यसका साथै उनले स्टोरी पनि दमदार हुनु पर्ने बताए । ‘यो होइन कि म पैसा पाएर काम गर्छु । यसको लागि कथा पनि उस्तै दमदार चाहिन्छु’ परेशले भने ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : २० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी