जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी  « Khabarhub

जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।

चन्दननाथ नगरपालिका-१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन सय चार मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका राजबहादुर झाँक्री दुई सय ४५ मत प्राप्त गरी पराजय भएका हुन् । सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय तीन मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले एक सय ६६ मत प्राप्त गरेका हुन् ।

गुठीचौर गाउँपालिका–१ मा कांग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन् । पातारासी गाउँपालिका –२ मा कांग्रेसका बलबहादुर बोहरा निर्वाचित भएका छन् । उनले चार सय ३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका कन्न बोहराले चार सय ३२ मत प्राप्त गरी दुई मतले पराजित भएका हुन् ।

सोही गाउँपालिका–५ मा कांग्रेसका दत्तबहादुर बूढा निर्वाचित भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले तीन सय २४ मत प्राप्त गरेका हुन् । वडा नम्बर ६ मा कांग्रेसका कर्मबहादुर विष्ट निर्वाचित भएका छन् । उनले तीन सय २२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका सिंगबहादुर विष्ट एक सय ८६ मत प्राप्त गरी पराजय गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका-१ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भैरवबहादुर बुढा ६ सय ३० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका भक्तबहादुर बुढाले चार सय ९६ मत प्राप्त गरी पराजय भएका हुन् ।

चन्दननाथ नगरपालिका–४ वडामा कांग्रेसका नवराज देवकोटा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गरेका छन् । सोही नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका रवी बहादुर थापा निर्वाचित भएका छन् । उनी तीन सय ६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उनका प्रतिद्वन्द्वी समाजवादीका कृष्ण थापाले दुई सय ३९ मत प्राप्त गरेका छन् ।

सिंजा गाउँपालिका–१ वडामा कांग्रेसका हरिनन्द आचार्य निर्वाचित भएका छन् । उनले दुई सय ७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका धनडोमा तामाङ रोकायाले दुई ४० मत प्राप्त गरी पराजय भएकी छन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनले तीन सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका मोती दमाईले तीन सय ६ मत प्राप्त गरी पराजय भएका हुन् ।

हिमा गाउँपालिका–१ वडामा कांग्रेसका रतनबहादुर शाही निर्वाचित भएका छन् । उनले तीन सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका राजेन्द्रप्रसाद आचार्यले दुई सय २८ मत प्राप्त गरी पराजय भोगेका हुन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कालो शाही निर्वाचित भएका छन् । उनी दुई सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार दलजित शाहीले एक सय ७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिका–६ वडामा कांग्रेसका उपराज अधिकारी निर्वाचित भएका छन् । उनले दुई सय ७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका वीर तिरुवाले दुई सय २७ मत प्राप्त गरेका हुन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ४५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका