प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता « Khabarhub

प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राई तीन हजार चार मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार १२० मत र नेकपा एमालेमा मन्जु भण्डारी सुवेदीले दुई हजार १५ मत प्राप्त गरे ।

उपप्रमुखमा  नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा तीन हजार ३१९ र नेकपा एमालेका पदमप्रसद लिम्बूले दुई हजार ४६९ मत प्राप्त गरे । त्यसैगरी धरान उपमहानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका यज्ञमणि आचार्यले ७५५ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरे ।

वडा नं २ दुईमा वडाध्यक्षमा नेकपा एमालेका रमेश राईले ७४८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरे । वडा नं ३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका विद्या शाक्यले एक हजार ८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए ।

वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर राईले ८२६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर राईले ६१२ मत प्राप्त गरेका थिए ।

यस्तै वडा नं ७ मा वडाध्यक्षमा नेकपा एमालेका जीवनराज सुवेदीले ६७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखे ५७२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी इटहरी उपमहानगपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले चार हजार १११ मत प्राप्त गरी अग्रस्थानमा छन भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार चुङ्गुवाङ सुब्बाले दुई हजार ५१२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका  संगीता कुमारी चौधरीले दुई हजार ८९० र नेकपा एकीकृत समाजवादी का केशवकुमार विष्टले दुई हजार ५८० मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन्।


इटहरी उपमहानगपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका रतन कार्कीले एक हजार ७४७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार राईले ९३५ मत प्राप्त गरेका थिए ।

वडा नं २० मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मणिराम श्रेष्ठले दुई हजार ४०६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार राईले एक हजार ५५८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ०९ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका