टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो हार « Khabarhub

टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो हार


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले खेल सकिन एक बल अगाडि ९ विकेट गुमाएर भेट्टायो । 

नेपालका लागि सबनम राईले २ र कविता कुँवरले २ तथा सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

नेपालका लागि विन्दु रावलले २६ र सरिता राना मगरले २२ रन बनाए । कप्तान रुबिना क्षेत्रीले १५ बलमा २ छक्का प्रहार गर्दै १७ रन जोडिन् ।

७ बलमा १ छक्कासहित डली भट्टले नटआउट ९ रन जोडिन् । 

सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो ।

५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको तेस्रो खेल बिहीबार, चौथो खेल शुक्रबार र पाँचौँ खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४९ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको