टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो हार « Khabarhub

टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो हार


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले खेल सकिन एक बल अगाडि ९ विकेट गुमाएर भेट्टायो । 

नेपालका लागि सबनम राईले २ र कविता कुँवरले २ तथा सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

नेपालका लागि विन्दु रावलले २६ र सरिता राना मगरले २२ रन बनाए । कप्तान रुबिना क्षेत्रीले १५ बलमा २ छक्का प्रहार गर्दै १७ रन जोडिन् ।

७ बलमा १ छक्कासहित डली भट्टले नटआउट ९ रन जोडिन् । 

सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो ।

५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको तेस्रो खेल बिहीबार, चौथो खेल शुक्रबार र पाँचौँ खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४९ बजे

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,