अमेरिकाले क्युबामाथिको प्रतिबन्धलाई सहज बनाउने « Khabarhub

अमेरिकाले क्युबामाथिको प्रतिबन्धलाई सहज बनाउने


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ ।

क्युबाली नागरिकका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस कदमले क्युबाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले क्युबामाथि गरेको खुकुलोलाई कडाइ गर्दै सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि प्रतिबन्ध लगाएको हो ।  

ट्रम्प प्रशासनले भिसा प्रक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध  र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो ।

तर, बाइडेन प्रशासनको कदमलाई क्युबाले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी