नौ महिनापछि संसद् अवरोध हटाउँदै एमालेले भन्यो : मुलुक फरक कोर्षमा गयो  « Khabarhub

नौ महिनापछि संसद् अवरोध हटाउँदै एमालेले भन्यो : मुलुक फरक कोर्षमा गयो 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गत भदौ २३ गतेदेखिको निरन्तरको संसद् अवरोध खोलेको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्‌मा सम्बोधन गर्दै एमालेले संसद्‌ अवरोध हटाएको जानकारी गराए। उनले मुलुक फरक कोर्षमा गएको र आर्थिक संकट विकराल बनेकाले एमालेले संसद् अवरोध गर्ने निर्णय गरेको बताए। 

एमालेले बजेट अधिवेशन सुरु भएकै दिन संसद् अवरोध अन्त्य गरेको हो ।

त्यस्तै सांसद ज्ञवालीले देश सङ्कटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनले आर्थिक अवस्थासहितका कारण देश सङ्कटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए । 

‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू  ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश सङ्कटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’ 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : २९ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका