तीनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी « Khabarhub

तीनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– जिल्लाको तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुरथापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।

मगरले नौ हजार २३९ पाए भने नेकपा एमालेका उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भएका छन् भने एमालेका पदममाया तामाङ ७९०८ मत ल्याई पराजित भए । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष छन् । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित भएका थिए ।

वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट  कांग्रेस विजयी र वडा नं १ र ५  एमाले विजयी भएको छ । वडा नं १ बाट एमाले बाट गोविन्द राउत, वडा नं ५ मा भुपाल तामाङ विजयी भएका छन् । अन्य वडामा गठबन्धनबाट कांग्रेसबाट वडा नं २ मा मुकुन्द पौडेल वडा नं ३ मा लालबहादुर स्याङतान, ४ मा खड्गबहादुर भुजेल, वडा नं ६ मा वीरबहादुर पुलामी, वडा नं ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम वडा नं ९ मा मोहन गौतम, १० मा पुण्यहरि भुजेल र वडा नं ११ मा तिलकबहादुर बस्नेत विजयी भएका छन् ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमतले वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : २४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी