तीनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी « Khabarhub

तीनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– जिल्लाको तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुरथापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।

मगरले नौ हजार २३९ पाए भने नेकपा एमालेका उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भएका छन् भने एमालेका पदममाया तामाङ ७९०८ मत ल्याई पराजित भए । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष छन् । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित भएका थिए ।

वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट  कांग्रेस विजयी र वडा नं १ र ५  एमाले विजयी भएको छ । वडा नं १ बाट एमाले बाट गोविन्द राउत, वडा नं ५ मा भुपाल तामाङ विजयी भएका छन् । अन्य वडामा गठबन्धनबाट कांग्रेसबाट वडा नं २ मा मुकुन्द पौडेल वडा नं ३ मा लालबहादुर स्याङतान, ४ मा खड्गबहादुर भुजेल, वडा नं ६ मा वीरबहादुर पुलामी, वडा नं ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम वडा नं ९ मा मोहन गौतम, १० मा पुण्यहरि भुजेल र वडा नं ११ मा तिलकबहादुर बस्नेत विजयी भएका छन् ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमतले वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : २४ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित