दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुबैमा एमाले | Khabarhub Khabarhub

दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुबैमा एमाले


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका हुन् । कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार ७३३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले दुई हजार ३१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार ७०६ मत प्राप्त गरेकी छन् ।

निर्वाचनमा तेस्रो मत प्राप्त गरेका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेका थिए । दिप्रुङ चुइचुम्मामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा होमीएका थिए । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चार वडामा एमाले र तीन वडामा कांग्रेस विजयी भएको छ ।

वडा नं १ याम्खामा कांग्रेसका केशवकुमार खत्री, वडा नं २ डाँडागाउँमा कांग्रेसकै बद्री कटवाल, वडा नं ३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा नं ४ बतासेमा एमालेका बबेन्द्र राई, वडा न ५ सछितापोखरीमा कांग्रेसका डम्बरबहादुर खड्का, ६ छितापोखरीमा एमालेका मिलन राई र वडा ७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी