सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी « Khabarhub

सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली : सुर्खेतको चिंगाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका डोरप्रसाद शर्मालाई ६१ अन्तरले पराजित गर्दै एमालेका बोधविक्रम जिसी विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार जिसीले तीन हजार ५९१ र शर्माले तीन हजार ५३० मत प्राप्त गरे । उपाध्यक्ष पदमा एमालेकै मीनाकुमारी रोकाया विजयी भएकी छिन् । उनले तीन हजार ५८१ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्यले तीन हजार ४६९ मत प्राप्त गरे । मनमाया निवर्तमान उपाध्यक्ष थिइन् । 

छ वडामध्ये एमाले र कांग्रेसले तीन/तीन वडामा जित हासिल गरेका छन् । एमालेले वडा नं १, ४ र ५ तथा कांग्रेसले वडा नं २, ३ र ६ मा वडाध्यक्ष जितेका छन् । सुर्खेतका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिला मत परिणाम सार्वजनिक भएको यो पहिलो गाउँपालिका हो । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ०४ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति