पोखरामा नेकपा समाजवादीका आचार्यलाई ११८१२ मत « Khabarhub

पोखरामा नेकपा समाजवादीका आचार्यलाई ११८१२ मत


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा : एमाले फुटेपछि गठबन्धनको साथ पाएका पोखरा महानगरका उम्मेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । साथै उनले मतान्तर पनि बढाइरहेका छन् । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेद्वारी दिएका आचार्यले एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार बढी पुर्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनीहरुबीचको मतान्तर १ हजार ७५० छ । २८ हजार बढी मतगणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् ।

राप्रपाबाट मेयर उम्मेदवार शंकर प्रसाद खरलले १२७१ मत पाउँदा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा रहेका गनेस पौडेलले ६६९ मत पाएका छन् । पोखरामा एमाले विभाजनको असर देखिदा यतिबेला समाजवादीका उम्मेद्वारलाई जिताउँन एमालेकै नेता कार्यकर्ता लागेको चर्चा पनि छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : २५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका