असार ६ गतेदेखि मल वितरण गरिने « Khabarhub

असार ६ गतेदेखि मल वितरण गरिने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाइँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।

कर्पाेरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगन्जस्थित आफ्नो गोदाम घरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताए। यसैगरी वितरण केन्द्रका प्रमुख राजन बगाले यही असार ६ गतेदेखि डिएपी मल वितरण गरिने जानकारी दिनुभयो । उनका अनुसार केन्द्रमा रहेको २९० टन मल बिक्री गरिने छ ।उनले भने, “युरिया मल आउने बित्तिकै वितरण गर्न सुरु गरिने छ ।” आवश्यकताभन्दा कम मल आउने भएकाले मागअनुसार मल पाउन कठिन हुने उनले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १७ हजार ६८० मेट्रिक टन युरिया, नौ हजार १७९ मेट्रिक टन डिएपी र तीन हजार ८०९ मेट्रिक टन पोटास मलको माग रहेको छ । जिल्लाका सात पालिकाल गत वर्ष गरेको सो माग गरेको कार्यालयले जनाएको छ । यस वर्ष पालिका माग पठाउने क्रम जारी रहेको कार्यालयकी कृषि प्रसार अधिकृत सुरुचि त्रिपाठीले जानकारी दिए। गत वर्ष भरतपुर महानगरपालिकामा पाँच हजार मेट्रिक टन युरिया, दुई हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन पोटास आवश्यक हुने तथ्याङ्क रहेको थियो  ।

यस्तै रत्ननगर नगरपालिकाले एक हजार ९३२ मेट्रिक टन युरिया, एक हजार २३८ मेट्रिक टन डिएपी र एक हजार ९१ मेट्रिक टन पोटास, राप्ती नगरपालिकाले तीन हजार ५०० मेट्रिक टन युरिया, दुई हजार मेट्रिक टन डिएपी र १७६ मेट्रिक टन पोटास मल माग गरेका थिए । कालिका नगरपालिकाले एक हजार ५१५ मेट्रिक टन युरिया, ७७२ मेट्रिक टन डिएपी र एक हजार ६० मेट्रिक टन पोटास, माडी नगरपालिकाले दुई हजार ८७० मेट्रिक टन युरिया, एक हजार ६२५ मेट्रिक टन डिएपी र १५० पोटास मल माग गरेको त्रिपाठीले जानकारी दिए। उनका अनुसार खैरहनी नगरपालिकाले दुई हजार ७८३ मेट्रिक टन युरिया, एक हजार ४९८ मेट्रिक टन डिएपी, र ८०६ मेट्रिक टन पोटास र इच्छाकामना गाउँपालिकाले ८० मेट्रिक टन युरिया, ४६ मेट्रिक टन डिएपी र २६ मेट्रिक टन पोटास माग गरेको थियो ।

अहिले पालिकाले मागको तथ्याङ्क पठाउने क्रममा रहेको जनाउँदै केन्द्रका प्रमुख बगालले यस वर्ष माग बढ्न सक्ने अनुमान गरे। कृषियोग्य जमिन बाँझो राख्न नपाउने नीति स्थानीय पालिकाले लिएका कारण मलको माग बढ्न सक्ने उनले बताए।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ३३ बजे

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)

काठमाडौं– करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका

अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री

काठमाडौं– सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा

झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती

काठमाडौं- नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न