ल्यो निफको आवेदन खुल्ला « Khabarhub

ल्यो निफको आवेदन खुल्ला


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करणको लागि आवेदन खुल्ला भएको छ । आगामी चैत्र २ देखि ६ गतेसम्म चल्ने (निफ)मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिने भएको छ । आगामी पुस १० गतेभित्र आवेदन दिन सकिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्म प्रदर्शन हुनेछन् । फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कारसहितको बेष्ट डकुमेन्ट्री अवार्ड ,अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्महरू मध्येबाट एउटालाई फिल्म सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ,  (आइएफएफएस )डन क्विजोट पुरस्कार पनि प्रदान गरिनेछ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बागमती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी , उत्कृष्ट सर्ट फिल्मलाई नगद  ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ०६ बजे

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत