एसपीपीमा संलग्न हुन पत्र लेख्दा मलाई जानकारी दिइएन : ओली « Khabarhub

एसपीपीमा संलग्न हुन पत्र लेख्दा मलाई जानकारी दिइएन : ओली


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउँदा आफूलाई जानकारी नै नदिएको दाबी गरेका छन्।

२०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपीपीमा संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले आफूलाई जानकारी नै नदिइएको बताएका हुन्।

शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले आफूभन्दा अघिल्ला प्रधानमन्त्रीको स्वीकृति अनुसार पत्र गएको बताउँदै एसपीपी आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्।

२०७२ असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्लाई एसपीपीमा आबद्ध हुन अनुमति प्रदान गरेको थियो। जति बेला सुशील कोइराला प्रधानमन्त्री थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले सुनाए । आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए ।

आफू प्रधानमन्त्री हुँदा पत्र गएको तथ्य सार्वजनिक भएपछि ओलीले भने, ‘हामी कतै पनि बताइएन। २४ गते म संसद्बाट निर्वाचित भएँ, २५ गते शपथ लिएँ। तर कात्तिक १० गते (कात्तिक) मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्।

‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला। जबकि त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीको पालामा एसपीपीमा आबद्ध हुने प्रक्रिया अघि बढेको दाबी गरेपछि ओलीले त्यसमा उनको संलग्नता रहेको दाबी गरेका छन्। दाहालले ओलीमाथि आरोप लगाए पनि त्यसबेला माओवादी पनि सरकारमा सहभागी थियो।

उनले आफ्नो आफू नेतृत्वको सरकारले एसपीपीमा सहभागी हुने प्रक्रिया रोकेको र त्यसबारे छानबिन समिति बनाएर काम गरेको उल्लेख गरे।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ५१ बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।