ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने, सदस्यता कहिले ? « Khabarhub

ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने, सदस्यता कहिले ?


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली युनियनमा उम्मेदवारी दिने युक्रेनको कदमलाई युरोपेली आयोगले समर्थन गर्ने बताएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युक्रेनको उम्मेदवारीको समर्थन गरिने बताएकी हुन् ।

बीबीसीका अनुसार अध्यक्ष भोन डेर लाइनले युक्रेनले ‘राम्रो काम गरिरहेको’ बताउँदै अझै धेरै काम आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

युरोपेली युनियनमा आबद्ध हुनका लागि युक्रेनले विधिको शासन, धनाढ्यको अवस्था, भ्रष्टारविरुद्ध अभियान एवम् मानवअधिकार जस्ता महत्वपूर्ण विषयमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘हामी उनीहरुपनि युरोपेली सपनामा हामीसँगै बाँचून् भन्ने चाहन्छौँ ।’ अध्यक्ष भोन डेर लाइनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युनियनको सदस्य हुनका लागि उम्मेदवारी महत्वपूर्ण कदम भएपनि यो प्रक्रिया पूरा हुन भने वर्षौँसम्म लाग्नसक्ने बीबीसीले जनाएको छ ।

युरोपेली आयोगको सिफारिसलाई युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकहरुले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । जर्मनी, फ्रान्स र इटालीका नेताहरुले यसअघि नै युक्रेनको राजधानी किभको भ्रमण गरी युनियनमा युक्रेनको उम्मेदवारीलाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ०८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्