प्रचण्डको भारत भ्रमणले ल्याएको तरंग | Khabarhub Khabarhub

प्रचण्डको भारत भ्रमणले ल्याएको तरंग


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारत भ्रमणमा छन्। उनको भारत भ्रमण चलिरहँदा नेपालमा यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन्। सबैभन्दा ठूलो चर्चा त यतिबेला प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच दिल्लीमा भएको भेटघाटले ल्याएको छ।

भारत पुगेर प्रचण्डले सन् १९५० को सन्धि पुनरावलोक हुनुपर्ने बताएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा उनले सो कुरा बताएका हुन्।

यो विषयले पनि नेपालमा चर्चा पाइरहेको छ। सत्ताधारी दलका नेता विदेश भ्रमणमा जानु नौलो होइन। तर, नेपालमा भारतीय चासो सधैरहने भएकाले नेपाली नेता भारत पुग्दा अनेकौ चर्चा र टिप्पणी हुने गरेका छन्।

यतिबेला प्रचण्ड भारत भ्रमणमा जाँदा पनि त्यसैअनुसार नेपालमा चर्चा भइरहेको छ। फेरि समय पनि त्यस्तै परेको छ, प्रचण्ड भारत भ्रमण जानु, माओवादी नेता गठबन्धनभन्दा ओलीसँग नजिकिनु, माओवादीका अर्थमन्त्रीले राजीनामा दिन बाध्य हुनुलाई संयोजकमात्र मान्न सकिँदैन।

सत्ताको नेतृत्वकर्ता कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आन्तरिक किचलो बढ्दो छ। महामन्त्री गगन थापाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हाकाहाकी चुनौती दिएका छन्। उनले अब देउवाको एकलौटी पार्टीमा नचल्ने बताइसकेका छन्। नेता शेखर कोइरालासमेत देउवाप्रति असन्तुष्ट छन्।

यस्तो अवस्थामा प्रचण्डको भारत भ्रमणले गठबन्धन भित्र के होला ? चुनावसम्मै गठबन्धन हुन्छ कि तोडिन्छ ? यो विषयमा चासो बढ्नु स्वभाविक देखिन्छ। सत्ता गठबन्धनबाट कांग्रेस सभापति देउवा प्रधानमन्त्री भए पनि सत्तामा प्रचण्ड हाबी छन्। उसो त केही समय अगाडि उनले आफू प्रधानमन्त्रीकै हैसियतामा रहेको आफै खुलासासमेत गरिसकेका छन्।

मुख्यगरी अहिले प्रचण्डको भारत भ्रमणले गठबन्धनभित्रै कति निर्णायक चुनावी सहमति हुने वा त्यसबाट अलग भएर अब कांग्रेसभन्दा प्रचण्ड निर्णायक हुने भन्ने छ।

पछिल्लो महाधिवेशनबाट कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माको उदय डरलाग्दो छ। उनीहरु जसरी राष्ट्रिय राजनीतिमा छाएका छन्, यसले ठूलो आशा नेपालीमा दिलाएको छ।

यस्तो अवस्थामा सम्भावित चुनावमा कांग्रेसले ल्याउन सक्ने बहुमत, त्यसबाट प्रचण्डको पार्टीलाई हुन सक्ने फाइदा वा बेफाइदा र त्यसमा पनि प्रचण्डको उपयोग कुन अवस्थामा कसरी हुन सक्छ ? भन्ने विषयमा भारतीय पक्षको चासो गम्भीर ढंगले बढेको देखिन्छ।

यो भारतीय चासोलाई प्रचण्डले कसरी लिन्छन् वा कसरी आगामी दिनमा त्यो सम्भव हुन्छ। यो विषय नेपालको राष्ट्रिय राजनीति र कूटनीतिक क्षेत्रमा चर्चाको विषय बनेको छ। दिल्लीमा पुगेपछि प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डबीच भेटको फोटोलाई लिएरसमेत सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइराखेका छन्।

कतिपयले यो सवाललाई गम्भीर रुपमा हेरेका छन् भने कतिपयले भ्रमणको भेट संयोग भनेका छन्। कतिपयले भने गठबन्धनभित्रकै आन्तरिक असन्तुष्टि वा भारतीय मध्यस्तता खोजिनु चासो हुनसक्ने बताएका छन्। राजनीतिक विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुमान र आशंकालाई मेट्ने काम सत्ता गठबन्धनका शीर्ष नेताले भारत भ्रमणपछि गर्नुपर्ने देखिन्छ।

नेपाली राजनीतिमा कतिबेला कस्तो गठबन्धन बन्छ भनेर एकिन गर्न सक्ने अवस्था रहँदैन। सत्ता गठबन्धनकै शीर्ष नेता एकसाथ दिल्ली पुग्नुलाई राष्ट्रिय राजनीतिमा गम्भीर र महत्त्वपूर्ण रुपमा हेरिएको छ।

शीर्ष नेताले नेपाली राजनीतिमा हुन सक्ने सम्भावित परिवर्तनबारे पनि मुख खोल्नुपर्छ। दिल्ली भेटवार्ता र राजनीतिक घटनाक्रमका विषयमा प्रचण्डले प्रष्ट नपारेमा उनको भारत भ्रमण शंकाको घेरामा हुनेछ।

प्रचण्डको सचिवालयको खण्डन
‘प्रचण्ड’ र कांग्रेस नेतृ देउवाबीच दिल्लीमा भएको भेटलाई गलत नियतले प्रचार गरिएको भन्दै प्रचण्डको सचिवालयले खण्डन गरेको छ। प्रचण्डका सहयोगी रमेश मल्लले फेसबुकमार्फत् गलत टिप्पणी नगर्न अनुरोधसमेत गरेका छन्।

‘शनिबार बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनुभएकी कांग्रेस नेतृ डा आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो’, सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।’

मल्लले भेटको विषयमा भएका गलत टिप्पणीलाई प्रचण्डको सचिवालयले खारेज गरेको उल्लेख गर्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

‘अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पूर्णतः खारेज गर्दछौं। कुनै पनि भ्रम नरहनसमेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं’, मल्लले थप भनेका छन्।

उनले आफूहरूमा देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नभएको प्रष्ट पारेका छन्। यो विज्ञप्तिले प्रचण्ड र नेतृ देउवाबीचको भेटका आशंकालाई केही कम गर्ने काम भने गरेको छ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ०६ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख