आज र भोलि सामान्य बदली, मंगलबारदेखि भारी वर्षा « Khabarhub

आज र भोलि सामान्य बदली, मंगलबारदेखि भारी वर्षा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने भएको छ।

हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सि (मंगलबार) रातिदेखि भने सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान, प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

आगामी २४ घण्टामा देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : १६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको