बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास « Khabarhub

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८-७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् ।

उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक वर्षमा तयार भएको सबैभन्दा ठूलो संरचना हो । जिल्लाभर १३ साना सिँचाइ आयोजना तयार भएको परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले जानकारी दिए।

तीस आधुनिक बाख्राका खोर र एक पशु आहार नर्सरी स्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै यो अवधिमा ४० मिनीटेलर हलो, १९ चापकटर, दाना बनाउने मेसिन दुईवटा किसानलाई हस्तान्तरण गरिएको छ । आलुजोन र बाख्राजोन कार्यक्रम सञ्चालनमा रहेको बागलुङमा विभिन्न पकेट तथा ब्लकमार्फत परियोजनाले संरचना निर्माण तथा प्रविधि हस्तान्तरणमा सहयोग गरेको हो । सङ्घीय, प्रदेश र स्थानीय सरकारमार्फत स्रोत परिचालन हुने परियोजनाअन्र्तगत बागलुङमा नौवटा ब्लक र ५७ पकेट क्षेत्रमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

‘हामीले दुई जिल्ला बागलुङ र पर्वत हेर्ने गरी बागलुङमा कार्यालय राखेर परियोजना चलाइरहेका छौँ’, प्रमुख पौडेलले भने, ‘बागलुङमा प्राथमिकतामा रहेको दुग्ध उत्पादन जोन कार्यक्रम कार्यान्वयन हुन बाँकी छ, आलुजोन पहिलेदेखि नै चलेको हो भने बाख्राजोन कार्यक्रम पनि अघिल्लो आर्थिक वर्षबाट सञ्चालनमा आएको छ ।’

पकेट कार्यक्रमका लागि स्थानीय तह, ब्लकका लागि प्रदेश र जोन विकासका लागि सङ्घीय सरकारमार्फत बजेट परिचालन हुने उनले बताए । उल्लेखित संरचना तथा प्रविधि हस्तान्तरणका लागि रु सात करोड ७४ लाख ६४ हजार खर्च भएको पौडेलले जानकारी दिए । बागलुङमा सबैभन्दा धेरै तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास गरिएको छ। आलु र मकैको १२–१२ र तरकारीका ११ पकेट क्षेत्र विकास भइसकेका छन् ।

जिल्लामा तरकारी, मकै, आलु, बाख्रा र बङ्गुर ब्लक क्षेत्र विकास भएका छन् । तरकारी ब्लक एक, मकै ब्लक चार, आलु ब्लक एक, बाख्रा ब्लक दुई र बङ्गुर ब्लक एकवटा सञ्चालनमा छन् । एक सय तीनवटा समूह तथा सहकारीमार्फत १९० यन्त्र तथा उपकरण किसानका हातमा पुगेकाले कृषि उत्पादन लागतमा कमी आएको र बाँझो जग्गाको उपयोग बढ्न थालेको उनले दाबी गरे ।

ताराखोलामा निर्माण भएको रष्टिक घरमा १० मेट्रिक टन आलु भण्डारण गर्न सकिने भएकाले किसानले उपयुक्त समयमा उपयुक्त मूल्य लिएर आलु बिक्री गर्न सक्ने उनले बताए । बाख्राजोन कार्यक्रम सुरु भएको बागलुङमा बाख्राको नश्ल सुधारमा परियोजनाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । खोर व्यवस्थापन र नश्ल सुधारमा परियोजना सहयोगी बन्दा उत्पादन बढ्ने वरिष्ठ कृषि अधिकृत पौडेलको धारणा थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : २१ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका