लुम्बिनी र राप्ती अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क « Khabarhub

लुम्बिनी र राप्ती अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) सेवा र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शैया) मा उपचार गर्न आउनेलाई कुनै पनि शुल्क लाग्ने छैन ।

प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । टिकट र बेड निःशुल्क भए पनि टिकट भने अनिवार्य रूपमा काट्नु पर्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ०४ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको