गजल, कविता, साहित्य लेखिएका ३५० सवारीसाधन कारबाहीमा | Khabarhub Khabarhub

गजल, कविता, साहित्य लेखिएका ३५० सवारीसाधन कारबाहीमा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५०  सवारी साधनलाई कारबाही गरेको छ ।

उक्त सवारी साधनलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लील, अपाच्य गालीगलौज, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र साहित्यलगायतका लेख हटाउन थालेको हो ।

अगाडिका सवारी साधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अन्य सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले यस्ता लेख हटाउन अभियानकै रुपमा लागेको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।

सवारी साधनमा समाजमा पच्न नसक्ने तथा विभिन्न वर्ग, समुदायलाई असर पर्ने लेख र दुई अर्थी शब्द देखिने गरेकाले अभियानमार्फत हटाउन थालेको उनले बताए। उक्त अभियानले सवारी दुर्घटनामा न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस किसिमका साहित्य लेखिएका सवारी साधनलाई रोकेर स्टिकर भए उप्काएर हटाउने र लेखिएको भए मेट्ने कार्य गरिएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीले सवारी साधनका सिसामा कालो प्लास्टिक टाँस्ने गरेको पाइएकाले त्यस्ता कार्यलाई समेत बन्देज लगाएको छ । सवारी साधनमा कालो स्टिकर टाँस्दा भित्र के भइरहेको छ भन्ने देख्न नसकिने भएकाले हटाउन लगाइएको प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ४५ बजे

नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा

पाल्पाको रामपुर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा

पाल्पा– पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।

हेटौँडास्थित अख्तियार कार्यालयमा रौतहटका धेरै उजुरी

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा

टी-२० विश्वकप छनोट: यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं- महिला टी-२० विश्वकप छनोटका लागि नेपालले सोमबार संयुक्त अरब

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको