लिम्बु समुदायको सिसेक्पा तङनाम पर्व « Khabarhub

लिम्बु समुदायको सिसेक्पा तङनाम पर्व


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसेक्पा तङनाम पनि लिम्बुहरूको एक पर्व हो ।

प्रत्येक साउन १ गते लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

लिम्बुहरूले सिसेक्पा तङनामका दिन बिहानै खेतबारी वा नजिकको वन जंगलतिर गई साउने सिसेक्पा तङनामका लागि आवश्यक अन्न, फलफूल र पातलगायतका वस्तुहरू संकलन गरी ल्याउने गर्छन् । जसलाई दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहेको नेपाल आदिवासी जनजाति संंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङले बताए ।

सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो(मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्।

प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्त्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गरिन्छ ।

किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख(पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएको लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाले बताए ।

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी जनजाति पूर्वका लिम्बूहरूले साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङ्नामको रूपमा मनाउँदै आएका किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए।पछिल्लो समय आफ्नो मौलिक पर्व संरक्षणमा लिम्बू समुदाय जुट्न थालेका छन् । स्थानीय सरकारले समेत बिदा दिन सुरु गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ०३ बजे

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने