लिम्बु समुदायको सिसेक्पा तङनाम पर्व « Khabarhub

लिम्बु समुदायको सिसेक्पा तङनाम पर्व


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसेक्पा तङनाम पनि लिम्बुहरूको एक पर्व हो ।

प्रत्येक साउन १ गते लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

लिम्बुहरूले सिसेक्पा तङनामका दिन बिहानै खेतबारी वा नजिकको वन जंगलतिर गई साउने सिसेक्पा तङनामका लागि आवश्यक अन्न, फलफूल र पातलगायतका वस्तुहरू संकलन गरी ल्याउने गर्छन् । जसलाई दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहेको नेपाल आदिवासी जनजाति संंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङले बताए ।

सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो(मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्।

प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्त्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गरिन्छ ।

किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख(पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएको लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाले बताए ।

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी जनजाति पूर्वका लिम्बूहरूले साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङ्नामको रूपमा मनाउँदै आएका किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए।पछिल्लो समय आफ्नो मौलिक पर्व संरक्षणमा लिम्बू समुदाय जुट्न थालेका छन् । स्थानीय सरकारले समेत बिदा दिन सुरु गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ०३ बजे

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा