‘स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ’ « Khabarhub

‘स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ’


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छिन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन्।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गरे। “स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ”, राष्ट्रपति भण्डारीले भनिन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताइन्।

“कोरोनाविरुद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ, सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ”–उनले भनिन् । मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा दुई हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिए। संस्थानका डीन प्रा डा दिव्यसिंह साहले ३०१ शय्याबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा हाल एक हजार शय्या पुगेको जानकारी गराए। संस्थानमा हाल स्नातक तहदेखि विद्यावारिधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ ।

सन् १९७२ मा जापान सरकारको सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको हो । संस्थानअन्तर्गत हाल देशभर सात आङ्गिक, एक केन्द्रीय क्याम्पस र १५ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । विश्वविद्यालयले हाल कीर्तिपुरमा संस्थानलाई ३०० रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गामा स्वास्थ्य र शिक्षाको विशिष्ट सेवा दिने लक्ष्य राखिएको छ ।

संस्थानअन्तर्गत हाल चिकित्सा क्षेत्रका करिब ५० विधाको अध्ययन, अध्यापन एवं अनुसन्धानको काम भइरहेको छ । कार्यक्रममा संस्थानका पूर्व डीन प्रा डा मोहिन साह, प्रा डा हेमाङ्ग दीक्षित, प्रा डा गोपालप्रसाद आचार्य, प्रा डा मदनप्रसाद उपाध्याय, प्रा डा भीष्मराज प्रसाईँ, प्रा डा हरिगोविन्द श्रेष्ठ, प्रा डा अरुण सायमी, प्रा डा धर्मकान्त बाँस्कोटा, प्रा डा राकेशप्रसाद श्रीवास्तव, प्रा डा केशवप्रसाद सिंह र प्रा डा जगदीशप्रसाद अग्रवाललाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ५७ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता