पदवहाली गर्दै भुसालले भनिन्- सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु  « Khabarhub

पदवहाली गर्दै भुसालले भनिन्- सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छिन्।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएपछि उपसभामुख भुसालले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

सिंहदरबार पुग्दा उपसभामुख भुसाललाई संसद् सचिवालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै भुसालले बाँकी रहेको अवधिमा प्रतिनिधिसभालाई थप प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने बताइन्। उनले भनिन्, “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमानदारीपूर्वक काम गर्नेछु, चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढंगबाट बढाउन मद्दत गर्नेछु ।”

गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सांसद भुसालले प्रतिनिधिसभामा भएको निर्वाचनमा एमालेकी उम्मेदवार बिद्या भट्टराईविरुद्ध बहुमत प्राप्त गरेकी थिइन्।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ५८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर