५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जना पक्राउ « Khabarhub

५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जना पक्राउ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गस्थित जोरसिमल चेकप्वाइन्टबाट शनिवार सशस्त्र प्रहरीले ५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १ सय १ वटा र पाँच सय दरको ६ सय ३८ वटा भारतीय नोट फेला पारिएको हो । साथै सशस्त्र प्रहरीले उक्त कार समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले