माओवादीसँग एकताका लागि एकीकृत समाजवादीले बनायो संयोजन समिति « Khabarhub

माओवादीसँग एकताका लागि एकीकृत समाजवादीले बनायो संयोजन समिति


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ ।

गत प्रतिनिधि सभा निर्वाचन अघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जानेगरि गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ लिएको थियो र उ सबैभन्दा ठूलो दल बनेको थियो । त्यसबेलाको फाइदाको स्वाच चाखेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादीसँग एकताको पहल थालेका हुन् ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।
वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट हुने उपमहासचिव डा। गंगालाल तुलाधरले बताए ।

समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको उनले बताए । नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मिति घोषणा हुनु अघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतम लगायतका नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरि निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् ।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका नेकपा एस र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल भने माओवादी केन्द्रसँग भन्दा एमालेसँगको एकताको पक्षमा रहँदा आएका छन् । उनलाई बाइपास गरेर जान सक्ने अवस्थामा माधव नेपाल नभएकाले चुनाव अघि नै एकताको सम्भावना कम हुने ति नेताको अनुमान छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : ५३ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल