आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर | Khabarhub Khabarhub

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो ।

गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो । यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।

जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन जिल्ला स्थित सरोकारवाला निकायको पहलमा र अन्य पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकता सम्बन्धी माग गरिएपछि , मुगालीको स्वास्थय क्षेत्र लाई मनन गर्दे बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

अस्पतालमा लामो समय सम्म विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि बाहिरी जिल्ला रिफर गर्नुपर्ने अवस्था रहको थियो ।

अस्पताल लाई विशेषज्ञ डाक्टर पठाए पछि धन्यवाद प्रकट गरेका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर लाई उपचारको क्रममा आवश्यक पर्ने उपकरण , ब्यवस्थापन , काम गर्ने बातावरण राम्रो सँग मिलाईने र अस्पतालमा हुने समस्या लाई समाधानको बाटो छिट्टै खोज्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार भर्खरै आउनु भएका विशेषज्ञ डाक्टर शाक्य लाई तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठान र जिल्ला अस्पताल मुगुले आधा , आधा व्यहोर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको मल्लको भनाई छ ।

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट , सुत्केरी महिला , पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : २५ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर