लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ


१ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्धामा फरार रहेका राईनास नगरपालिका ६ बस्ने बर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध पिडित चिलवालले प्रहरी चौकी धमिलिकुवाँमा मौखिक उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा खोजतलास गर्दा मंगलबार राईनास नगरपालिका ६ मा नेपालीलाई फेला पारी नेपालीकोे शरिरबाट मोबाईल फोन, घडी र नगद १ हजार ६ सय ५ रुपैया बरामद गरिएको सूचना अधिकारी रेग्मीले बताए । बुधबार नेपालीलाई जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीका अनुसार राईनास नगरपालिका ७ सालफेदी बस्ने अनिता चिलुवालको घरमा कोही नभएको मौकापारीे नेपालीले करिव ३ लाख १६ हजार ४ सय बराबरको सुनको ब्रासलेट, औठी, सुनको पन्चरत्ने बाला, मोबाईल सेट र घडी चोरेको आरोपमा पक्राउ गरीएको हो ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ९ : ०८ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा