तालिबान लडाकुले अफगानिस्तानमा पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काए « Khabarhub

तालिबान लडाकुले अफगानिस्तानमा पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काए


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुहरुले पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काइदिएका छन् ।

पूर्वी अफगानिस्तानको बडाखशान प्रान्तको बडाख्सिशमा पाकिस्तानी सेनाले निर्माण गरेको मिनार तालिबानका लडाकुले भत्काइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त मिनारको खम्बामा पाकिस्तानको चिन्ह समेत देखिएको एएनआईले जनाएको छ । यसअघि तालिबानले ड्युरण्ड लाइन भनिने पाकिस्तानसँगको सीमामा राखिएको सीमा चिन्ह भत्काइदिएका थिए ।

पछिल्लो समय तालिबान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीच खटपट उत्पन्न भएको विश्लेषणमाझ तालिबान लडाकुले पाकिस्तानी सेनाले बनाइदिएको मिनार भत्काइदिएका हुन् ।

यसबाहेक दुई पक्षबीच सीमाका विषयमा पनि विवाद रहेको एएनआईले जनाएको छ । यसअघि तालिबानले नियुक्त गरेका अफगान रक्षामन्त्रीले कुनै पनि मुलुकलाई आफ्नो मुलुकविरुद्ध आक्रामक कदम चाल्न नदिने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : ४५ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा