आज २०७९ साल असोज १ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल असोज १ गते शनिबारको राशिफल


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल असोज १ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। दैनिकी सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ। आफन्तबाट नै जोगिनुपर्ने समय छ।

वृष : बोलीका कारण कटुता बढ्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। शैक्षिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा भने धोका पाइनेछ।

मिथुन : घर सामाजमा प्रभाव बढ्नेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी बढ्नेछन्। धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : उत्साह बढ्नेछ। दम्पत्तिले मिलेर गरेको कामबाट ठूलो फाइदा मिल्नेछ। पन्छीलाई अन्न दान गरे लाभ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानी हुनेछ। श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : प्रतिस्पर्धी निस्तेज हुनेछन्। राजनीतिमा नाम, दाम र सम्मान मिल्नेछ। विद्या, वुद्धि र परिवारको माध्यमबाट गर्ने काममा सफलता मिल्नेछ।

तुला : मानसम्मान बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। अरु क्षेत्र यथावत छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

वृश्चिक : आफ्नै दैनिकीबाहेक नयाँ कामको थालनी नगरेकै राम्रो छ। लामो यात्रा पनि ननिस्कनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो लाभ मिल्नेछ।

धनु : सोचेका काम पूरा हुनेछन्। शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। गणेश भगवानलाई दुबो चढाएर अघि बढे सफलता मिल्नेछ।

मकर : धार्मिक, आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए नतिजा राम्रो मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन : आफ्नाबाट सहयोग नमिलेपनि बाहिरबाट सहयोग मिल्नेछ। अरु क्षेत्रमा दैनिकी राम्रो छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : ४५ बजे

अनिल अम्बानीको ७५ अर्ब भारतीय रुपैयाँको सम्पत्ति जफत

मुम्बई– भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी)

कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती 

काठमाडौं– नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस

राष्ट्रपतिसँग महासचिव गुटेरेसको भेट

काठमाडौं–  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको