गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप « Khabarhub

गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पार्दशिता नभएको बताएका छन्।

राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवामुलक संस्थाका सञ्चालक नाफामुखी भएको बताए।

‘गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइदैन, सूचना लकाइन्छ’, नगरप्रमुख पोखरेलले भने।

गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले किर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी संघसंस्थाले सूचना लुकाउन नमिल्ने र सबै संघसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुन बमोजिम सजाय हुने सुनाए।

अर्का आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताहरुको सहभागिता थियो।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ०१ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता