काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध « Khabarhub

काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गरिएको छ।

महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार (असोज १ गते)देखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्पा, कक्कडका साथै कच्चा सुर्ती, खैनी, गुट्खालगायत पदार्थ सेवन गर्न निषेध गरेको हो।

महानगरपालिकाले यसअघि नै सूचना निकालेर कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट निकाल्ने वा एक सय रुपैयाँसम्म जरिबाना गर्ने जनाएको छ। सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ४२ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान