कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए।

संवैधानिक व्यवस्थाअनुसार शुक्रबारेदेखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पाँच वर्षे कार्यकाल सकिएकाले सूचना निकालिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : २३ बजे

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।