पहिरोले पुरिँदा अछाममा ७ जनाको मृत्यु, १० बेपत्ता « Khabarhub

पहिरोले पुरिँदा अछाममा ७ जनाको मृत्यु, १० बेपत्ता


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

अछाम – लगातारको वर्षापछिको पहिरोले पुरिएर अछाममा ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गरी कम्तीमा पाँच घर पहिरोले पुरेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए।

तुर्माखाँदको वडा नम्बर ५ काडाचौरमा बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । तीमध्ये २ जनाको शव फेला परेको छ।

कमलबजार नगरपालिका ६ मा पहिरोले पुरिएका ४ जनाको शव निकालिएको छ भने बेपत्ता भएका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ढकारी गाउँपालिका वार्ड न.६ सिमानेमा स्थानीय हर्क बहादुर बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन्।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ३६ बजे

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण