वर्षापछि कैलाली पूर्वी क्षेत्रका बस्ती डुबानमा | Khabarhub Khabarhub

वर्षापछि कैलाली पूर्वी क्षेत्रका बस्ती डुबानमा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी – बिहीबारदेखिको वर्षा पछिको बाढीले कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरू डुबानमा परेको कैलाली प्रहरीले जनाएको छ।

कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिण पूर्वी टोलका दुई सय ५० घर डुबानमा परेको बताइएको छ। डुबानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको बहाव बढ्ने क्रम जारी रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बालकोटस्थित भिमदत्त राजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ।

प्रहरी निरीक्षक धर्म सिंह बिस्टको कमान्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ। पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठूलो गरी ९-१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीले बताए।

भिमदत्त राजमार्गको अन्य  ४-५ स्थानमा पनि सा–साना पहिरो गई सडक अवरोध भएका छन्।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ४३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस